Home सूचना-प्रविधि नेपालले अनलाइन पुस्तक अध्ययन प्रणालीमा फड्को मार्दैः ई-पुस्तक, अडियो पुस्तक र भिडियो पुस्तकले बजार लिँदै

नेपालले अनलाइन पुस्तक अध्ययन प्रणालीमा फड्को मार्दैः ई-पुस्तक, अडियो पुस्तक र भिडियो पुस्तकले बजार लिँदै

0
नेपालले अनलाइन पुस्तक अध्ययन प्रणालीमा फड्को मार्दैः ई-पुस्तक, अडियो पुस्तक र भिडियो पुस्तकले बजार लिँदै

– राेशन दाहाल

लामो समयदेखि चरणबद्ध रुपमा विश्वमा आएको कोरोना भाइरसको प्रभाव बढेपछि प्राविधिक शिक्षणतर्फ विश्व लागिरहेको छ । प्राविधिक शिक्षणका लागि थुप्रै वेभसाइट हरुलेले पुस्तकलाई प्रबिधिसँग जोड्दै लगिरहेका छन् । यी संस्थाहरुले ईबुक र सुन्न सकिने पुस्तकको पनि विकास गरिसकेका छन् । यसका अलवा भिडियो बुकको पनि नेपालमा विकास हुने क्रममा छ । प्राविधिक शिक्षाको लागि मोबाइल एपको माध्यमबाट सस्तो मुल्यमा पुस्तक सुन्ने र हेर्ने गर्न सकिन्छ ।
नेपालमा अनलाइन पुस्तक अवस्था कस्तो छ ? बिक्रीमा कसको सहभागिता छ ?
नेपाली साहित्यलाई अडियोमा प्रशारण गर्ने पहिलो श्रुतिसम्भग हो । उज्यालो ९० नेटवर्कको माध्यमबाट प्रशारण हुने श्रुतिसम्भेगले साहित्यसम्बन्धी चर्चीत पुस्तकहरुलाई अडियोको माध्यमबाट प्रशारण गरिरहेको छ । श्रुतिसम्भेग कार्यक्रमको वाचन अच्युत घिमिरेले गरिरहेका छन् । यसका साथै अहिले हालसालै थुप्रै वेभसाइटले पनि इ-पुस्तक, अडियो पुस्तकको सुविधा राखेर बजारमा आइरहेको छ ।
हाल नेपालमा थुप्रै डट कम, पुस्तकालय डट ओआरजी, मेरो किताब डट कम, पाण्डुलिपी बुक्स डट कम, साझा किताब डट कम, नेपाली बुक्स डट कम, रत्न बुक्स डट कम, पिलग्रिम्स अनलाइन सप, एम के पि डि डट कम (एम के बुक्स), बुक्स मण्डला डट कम, ओके दाम डट कम, दराज डट कम डट एनपी, टेच साथी डट कम, हेरिटेज बुक्स डट कम डट एन पी, पैरवी डट कम, हाम्रो बजार डट कम, हिमाल बुक्स डट कम जस्ता दजनौँ वेभ साइटले अनलाइन पुस्तक बिक्री गरिरहेका छन् ।
सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्याउने उपाए थिएन ।
अनलाइन पुस्तक पठन विकासले के फाइदा हुन्छ ?
यस्ता अनलाइन पुस्तक वेभसाइटको माध्यमबाट अडियोबुकले पठन संस्कृतिको विकासमा थप सहयोग पुर्याइरहेका छन् । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्ना साथ तुरुन्तै सुन्न सकिन्छ । अहिलेको कोरोना भाइरसको महामारीको समयमा अनलाइन पुस्तकले सहजता प्रदान गरेको छ ।
अनलाइन पुस्तक कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिन्छ । अनलाइन पुस्तक घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुबिधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुन सक्दछ । नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक भरपर्दो माध्यम बन्न सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here