Home समाचार मुख्य समाचार पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यः सरकारको निर्णय आफ्नो घरमा आगो लगाएर अरूको हितमा खरानी बेचे जस्तै (पूर्ण पाठसहित)

पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यः सरकारको निर्णय आफ्नो घरमा आगो लगाएर अरूको हितमा खरानी बेचे जस्तै (पूर्ण पाठसहित)

0
पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यः सरकारको निर्णय आफ्नो घरमा आगो लगाएर अरूको हितमा खरानी बेचे जस्तै (पूर्ण पाठसहित)

जेठ २९, काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरु र प्रमुख दलका मुख्य नेताहरुलाई छलफलको लागि बोलाएको एक दिन पछि आज पाँच पूर्व प्रधानमन्त्रीहरुले संयुक्त रुपमा वक्तव्य निकालेका छन् ।
संयुक्त वक्तव्यमा, ‘विशेषतः चुरे र महाभारत श्रृङ्पाँरखला हुने त्यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाइ रहेको छ’ भनिएको छ । उनीहरुको चुरे विनासले जमिनमा भएका पानीका स्रोतहरू सुक्ने र चुरे क्षेत्र मरुभूमि बन्ने धारणा व्यक्त गरेका छन् ।
उक्त वक्तव्यमा, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौँ’ भनिएको छ । अरूको हितको लागि आफ्नो घरमा आगो लगाएर बेच्न नसकिने भन्दै चुरेमा उत्खनन गरेर बेचिरहेको गिटी, ढुङ्गा बिक्रीको बिरोध गरेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई आग्रह गरेका छन् ।
वक्तव्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here