
काँक्रो खेतीको परिचय र जातको छनोट
- काँक्रो न्यानो हावापानीमा फस्टाउने एक लहरे तरकारी बाली हो ।
- काँक्रोको बोटको बृद्धि र फल लाग्न सरदर २५ देखि ३० सेन्टिग्रेड तापक्रम आवश्यक हुन्छ । रातको तापक्रम १० सेन्टिग्रेड भन्दा कम भएमा फल लाग्दैन, फल लागि हाले पनि बाङ्गाटिंङ्गा र साना आकारका हुन्छन् ।
- काँक्रो खेतीको लागि पाहारिलो, पानी नजम्ने तथा मलिलो बलौटे दोमट माटो उपयुक्त हुन्छ ।
- काँक्रोलाई अन्य बालीसँग मिश्रित खेतीको रूपमा पनि लगाउन सकिन्छ ।
- काँक्रोलाई काँचै वा पकाएर पनि खाने गरिन्छ । काँक्रोलाई अचार र सलादका रुपमा प्रशस्त खाने प्रचलन छ जसले गर्दा यसको माग बजारमा बढ्दो छ ।
- तराई तथा मध्य पहाडमा काँक्रो खेतीका लागि निन्जा, मालिनी, के–१, महिको सेतो, महिको हरियो, डाइनेष्टि आदि वर्णशङ्कर जातका काँक्रो लगाइन्छ ।
- यसैगरी भक्तपुर लोकल र कुसले स्थानीय काँक्रोको जाति तराई तथा मध्य पहाडी भागमा लोकप्रिय छन् ।
- काँक्राको टम ग्रीन जातमा भाइरस र खराने रोग कम लाग्दछ ।
- तापक्रम ३० सेन्टिगे्रड भन्दा बढी भएमा र जराको माटोसुख्खा भएमा काँक्रो तीतो हुन सक्छ । यस्तो अवस्थामा जरामा पानी प्रशस्त दिई घाँसपातले बाक्लो छापो दिनु पर्दछ ।
काँक्रो लगाउने समय र बीउकाे दर
- बेमौसमी खेतीको रूपमा गरिने काँक्रो खेती तराईमा मङिस्रदेखि पौष महिनासम्म गर्नु उपयुक्त हुन्छ र पहाडमा गरिने बेमौसमी काँक्रो खेतीका लागि पौषदेखि माघ महिनासम्म गर्न उपयुक्त हुन्छ ।
- एक रोपनी अर्थात् डेढ कठ्ठा जग्गामा काँक्रो खेतीका लागि ४० देखि ५० ग्राम स्वस्थ बीउको आवश्यकता पर्दछ ।
- बेमौसमी खेतीका लागि मलिलो माटो २ भाग, कुहिएको कम्पोष्ट मल १ भाग र बालुवा १ भाग मिसाइ मसिनो पारी ३ इन्च चौडा र ५ इन्च लम्बाइ भएको प्लास्टिक थैलोमा २÷३ से.मि. खाली राखी भर्नु पर्दछ ।
- स्वस्थ बीउलाई २४ घण्टासम्म पानीमा भिजाइ निकालेर आभोनो ठाउँमा राखी पानी तकार्उ नु पदर्छ । यसरी पानी तर्काएको बीउलाई माटो भरिेएको थैलोमा २ से.मि. गहिराइमा पर्ने गरी २ वटा बीउका दरले तर्सो पर्ने गरी रोप्नु पर्दछ ।
- यसरी बीउ रोपिएको प्लाष्टिकको थैलोलाई प्लाष्टिकको गुमोज भित्र राख्नु पर्दछ । प्लास्टिकको थैलालाई अड्याउन १ फिट गहिरो खाडल बनाइ त्यसमा ४ इन्च जति भुस वा परालको टुक्रा राखी त्यस माथि थैलो राख्नु पर्दछ ,तर यदि खाडल नबनाएको खण्डमा काठको कीला गाडी त्यसमा बाँसको भाटा तेर्सा गरी बाँधेर प्लास्टिकको थैलो अड्याउने व्यवस्था मिलाउनु पर्दछ ।
- प्लाष्टिकको गुमोज १ मि. चौडाइ र आवश्यकता बमोजिमको लामो बनाउनु पर्दछ । १ मि. चौडा प्लाष्टिकको गुमोज बनाउनका लागि २ मि. लम्बाइ भएको बाँसको भाटोको आवश्यकता पर्दछ ।
- प्लाष्टिकको थैलोमा बीउ राखी सकेपछि माथिबाट छापो दिएर थैलोको माटो ठिक्कसँग भिज्ने गरी हजारीले पानी दिनु पर्दछ । माथिबाट छोपेको प्लाष्टिकलाई हावा नपस्ने गरी चारैतिरबाट माटोले च्याप्नु पर्दछ ।
- प्लाष्टिकलाई दिउँसो घाम लागेको बेला खोल्ने र राति सधै बन्द गर्ने गर्नु पर्दछ । बीउ फुटेर टुसा देखिने वित्तिकै थैलो माथिको छापो हटाउनु पर्दछ र थैलोको माटो सुख्खा देखिएमा समय–समयमा हजारीले पानी दिनु पर्दछ ।
- बिरुवाको पात धेरै पहँेलो देखिएमा २ ग्राम युरिया १ लिटर पानीमा मिसाइ छर्नु पर्दछ ।
- नर्सरीमा कीरा देखिएमा सुर्ती वा नीम वा पातीको झोल बनाइ छर्दा कीराको नियन्त्रण गर्न सकिन्छ । यदि बेर्नामा ढुसी देखिएमा साफ पाउडर १ ग्राम १ लिटर पानीमा मिसाइ छर्नु पर्दछ ।
- यसरी तयार गरिएको बेर्ना २० देखि २२ दिनको वा ३÷४ पातको भए पछि तयार गरिएको बारीमा लगेर सार्नु पर्दछ ।

काँक्रो खेतीका लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन
- काँक्रो लगाउन छनोट गरिएको जग्गामा २÷३ पटक खनजोत गरी माटो मसिनो बनाउनु पर्दछ र झारपात तथा ढुङ्गा हटाउनु पर्दछ ।
- बेर्ना सार्न १ फिट गहिरो र १ फिट चौडाइको खाडलमा राम्ररी कुहिएको कम्पोष्ट मल ५ के.जि., युरिया १५ ग्राम, डि.ए.पि. २० ग्राम, पोटास १० ग्राम, मालाथियन १० ग्रामका दरले राख्नु पर्दछ । खाडलमा मल राखेको ४÷५ दिनपछि बेर्ना सार्नु पर्दछ ।
- खाडलमा बेर्ना सार्दा उन्नत जातको काँक्रो लगाउँदा एक लाइनदेखि अर्का लाइनको दुरी २०० से.मि. र एक बोटदे खि अर्का बोटको दुरी १५० से.मि. को फरकमा सार्नु पर्दछ । तर वर्णशङ्कर जातको काँक्रो सार्नु पर्दा एक लाइनदेखि अर्काे लाइनको दुरी १०० से.मि. र एक बोट देखि अर्काे बोटको दुरी ७५ से.मि. को फरकमा सार्नु पर्दछ ।
- नर्सरीबाट बेर्ना सार्दा जति भाग माटोभित्र पुरिएको हुन्छ, त्यति नै भाग जमिन भित्र पुरिने गरी सार्नु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी नजम्ने बनाउनु पर्दछ ।
- बेर्ना सारेको १० दिन पछि भेजिमेक्स १ मि.लि.प्रति ५ लिटर पानीमा वा एच.वि.१०१, २ थोपा प्रतिलिटर पानीमा मिसाइ बिरुवाको पातमा छर्नु पर्दछ।
- बेर्ना सारेको १५ दिन पछि प्रतिबोट १५ ग्रामका दरले युरिया मल हाल्नु पर्दछ । मल हाल्दा बोटको हाँगाको फैलावटको वरिपरि रिङ्ग जस्तो तीन÷चार औला गहिरो खाडल बनाइ युरिया मल राखी माटोले पुरेर टपडे«सिङ्ग गरिदिनु पर्दछ ।
- बेर्ना सारेको २० दिनमा भेजिमेक्स वा एच. बि. १०१ माथि उल्लेख गरेअनुसारको प्रकियाबमोजिम पुनः राख्नु पर्दछ र यसैगरी बेर्ना सारेको ३० औँ दिनमा वा पहिलो टपडे«सिङ्ग गरेको १५ दिनपछि माथि उल्लेख गरे जस्तै गरी दोस्रो टपडे«सिङ्ग गर्नु पर्दछ ।
- बेर्ना सारेको २५ दिनमा जिप्लेक्सर÷मल्टिप्लेक्स २ मि.लि. वा पोषण १ मि.लि. प्रतिलिटर पानीमा मिलाएर छर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ३५ दिनमा पुनः जिप्लेक्स वा मल्टिप्लेक्स २ मि.लि. वा पोषण १ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
- बेर्ना सारेको ४० दिनमा पुनः जिप्लेक्स्÷मल्टिप्लेक्स २ मि.लि. वा पोषण १ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
- मिराकुलन÷हिटकुलन÷युरेका १ मि.लि. प्रतिलिटर पानीमा मिसाएर फूल खेल्न थाले पछि १५÷१५ दिनको फरकमा ३÷४ पटकसम्म राख्नाले फल चर्कने÷फुट्ने समस्याबाट बचाउनुका साथै पोथी फूलको सङ्ख्या बढाउनमा मद्दत गर्दछ ।
काँक्रो खेतीको गोडमेल र सिँचाइ व्यवस्थापन
- काँक्रोको बीउ खसालेको १७ दिनमा वा बिरुवा ३÷४ पाते भए पछि झारपात हटाइ पहिलो गोडमेल गर्नु पर्दछ र ३२ दिनमा दोस्रो पटक झारपात हटाइ गोडमेल गर्नु पर्दछ ।
- माटो सुख्खा देखिएको खण्डमा आवश्यकतानुसार नियमित रूपमा सिँचाइ दिइराख्नु पर्दछ । थोरै क्षेत्रफलमा काँक्रो खेती गरिएको छ भने प्रत्येक बोटको लागि रूखका हाँगा वा बाँसको टुप्पोलाई बोटको नजिकै गाडी थाँक्रोमा बोटको लहरा लगाइदिँदा राम्रो हुन्छ । व्यवसायिक रुपमा काँक्रो खेती गर्दा दुईपाखे गोठको आकार हुने गरी बाँसको थाँक्रोको घर बनाउनु पर्दछ । थाँक्रो घरको बीचको उचाइ १० फिट र छेउछाउकोउचाइ ८ फिट राख्नु पर्दछ ।
- बाङ्गोटिङ्गो तथा नराम्रो खालको फल लागेको देखिएमा गोडमेल तथा अन्य कुनै पनि समयमा टिपेर फालिदिनु पर्दछ । यसो गर्नाले यी फलहरूको खाने तत्व अरु फलले प्राप्त गर्दछन् ।
- पात बूढो भए पछि पहेँलो हुने, रोग लाग्ने तथा कीरा लाग्ने भएकोले यस्ता पातहरूलाइ हटाइ सफा राख्नु पर्दछ ।
- माटो धेरै सुख्खा भएमा काँक्रो तीतो हुन सक्दछ , तसर्थ यस्तो अवस्थामा जरामा पानी प्रशस्त दिई घाँसपातले बाक्लो खालको छापो दिनु पर्दछ । यसो गर्दा लामोसमयसम्म चिस्यान कायम राख्न मद्दत पुग्दछ ।
- काँक्रो फल्न शुरु गरे पछि प्रत्येक टिपाइ पछि गाई–भैंसीको पिसाब सङ्कलन गरी एक भाग पिसाबमा पाँच भाग पानी मिसाइ ५०–१०० मि.लि. प्रतिबोटमा पर्ने गरी दिँदा फलको उत्पादन र गुणस्तर राम्रो हुन्छ ।
काँक्रो खेतीमा लाग्ने कीरा र तिनको व्यवस्थापन
- काँक्रो बालीमा लाग्ने प्रमुख कीराहरुमा रातो खपटे, फल कुहाउने झिँगा, सुलसुले, थ्रिप्स, लाही कीरा, फड्के कीरा, पात बेरुवा, गभारो, थोप्ले खपटे, फेद कटुवा आदि हुन् ।
१. रातो खपटे
वयस्क खपटे चम्किलो ईँट रङ्गको पखेटा भएको र शरीरको तल्लो भाग कालो हुन्छ । यस कीराको आक्रमणले पातमा प्वालहरू बनाइ क्षति पु¥याउँदछ । यस कीराले पातको तल्लो सतह कोरेर खान्छ ।
रातो खपटे कीराको नियन्त्रणका लागि – नीमजन्य विषादिमा सर्भोतेल १० मि.लि. १ लिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ अथवा रातो खपटेले माटोमा फुल पार्ने र लार्भाले माटो मुनी रही जरामा नोक्सानी गर्ने भएकाले काँक्रो २–४ पात भए पछि कार्बाेफ्यूरान १ ग्रामका दरले बोटको मुन्तिर माटोमा राखी हलुका सिँचाइ गर्नु पर्दछ ।
२. फल कुहाउने झिँगा
फल कुहाउने झिँगाले फलहरू छेडेर फुल पार्दछ र तिनै फुलबाट सेतो रङ्गका एकतर्फ चुच्चो परेका औँसा निस्कन्छन । ती औँसाका आक्रमणले गर्दा फलहरु कुहिन्छन् ।
फल कुहाउने झिँगा नियन्त्रण गर्नका लागि- फेरोमेन ट्रयाप प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ । यसो गर्दा भाले झिँगाहरु फेरोमेन ट्रयापमा आकर्षित भइ पासोमा परी विषादिको प्रभावले मर्दछन् र झिँगाको वृद्धि हुन पाउँदैन । फेरोमेन ट्रयाप बनाउन प्लास्टिकको बट्टाको दुवैतिर प्वाल पार्ने, बीचमा मसिनो प्वाल बनाइ तारले अड्काउने र भित्रपट्टिबाट तारमा कपास राख्ने र कपासमा २ थोपा क्युलियर हर्माेन र २ थोपा मालाथियन राख्नु पर्दछ । १५÷२० दिनको फरकमा क्युलिएर हर्माेन र मालाथियन माथि उल्लेख भए बमोजिम दोहो¥याँइ राख्नु पर्दछ ।
यसरी १ कठ्ठाको लागि ३ वटा फेरोमेन ट्रयापको बट्टा झुन्ड्याउनु पर्दछ । अथवा एक लिटर पानीमा १ मि.लि. मालाथियन झोल र १० ग्राम चिनी वा भेली मिसाइ ७ दिनको अन्तरमा छर्कनु पर्दछ ।
३. सुलसुले
रातो रङ्गको असाध्यै सानो कीरा हो । यस कीराको आक्रमणले गर्दा पातमा मसिना सेता छिर्काहरु देखिन्छन् । आक्रमणबाट पात पहेंलिएर पछि खैरो रङ्गमा परिणत हुन्छ ।
सुलसुले कीराको नियन्त्रणका लागि – मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ । यसैगरी सुलसुलेको परिमाण बढेमा रोगर वा थायोडान १ मि.लि. १ लिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ ।
४. थ्रिप्स
पहेलो, कालो रङ्गको मसिनो कीरा हो । यो पात र फूलमा बस्दछ । यस कीराको आक्रमणले गर्दा पातमा सेता धब्बा वा धर्साहरू देखिन्छन् र बिरुवालाई कमजोर बनाउँछ ।
थ्रिप्स कीराको नियन्त्रणका- लागि – मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ । र यसैगरी थ्रिप्स कीराको आक्रमण बढ्दै गएमा रोगर वा थायोडान १ मि.लि. १ लिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ ।
५. लाही कीराः
लाही कीरा हरियो कालो रङ्गको नरम हुन्छ र पात, कोपिला, फल, डाँठ आदिमा बस्दछ । यस कीराको आक्रमणले गर्दा पातहरू खुम्चिँदै जान्छ ।
लाही कीरा नियन्त्रणका लागि – मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ । रोगर वा थायोडान १ मि.लि. १ लिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा पनि छर्न सकिन्छ ।
६. फड्के कीराः
हरियो वा फिका पहेँलो रङ्गको लाम्चिलो फड्किने स्वभावको कीरा हो । यस कीराको आक्रमणले गर्दा पातका किनाराहरू पहेँलिएर खुम्ँचिदै जान्छ र पातमा कालो ढुसी देखा पर्दछ ।
फड्के कीरा नियन्त्रणका लागि – मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ । रोगर वा खपटे र लार्भाको आक्रमणले गर्दा पातको हरियो भाग समाप्त हुन्छ । नसाहरु सेतो जाली जस्तो देखिन्छ ।
७. पात बेरुवाः
पात बेरुवाको लार्भा पातमा गुजुल्टिएर बसेको हुन्छ । यस कीराको आक्रमणले पातहरुलाई एकै ठाउँमा गुजुल्ट्याएर नोक्सान पु¥याउँदछ । पात बेरुवा कीराको नियन्त्रणका लागि – एकै ठाउँमा बसेका लार्भाहरुलाई पातै समेत निकाली फाल्नु पर्दछ र मालाथियन वा नुभान १.५ मि.लि.प्रतिलिटर पानीमा मिसाइ २÷३ पटक छर्नु पर्दछ ।
८. डाँट तथा फलमा लाग्ने गभारोः
गभारोको लार्भाहरु गाढा खैरो दागहरु भएको गुलावी रङ्गको हुन्छ । यस कीराको आक्रण्मणले गर्दा कलिला डाँठहरु ओइलाउछन् र फलमा देखिने प्वालबाट खैरो रङ्गका विष्टा निस्केको हुन्छ ।
गभारोको नियन्त्रणका लागि – लार्भा लागेका फल तथा डाँठहरु सङ्कलन गरी जलाउनु पर्दछ र सेभिन ५० डब्लु. पि ४ ग्राम प्रतिलिटर पानीमा मिसाइ १० दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
९. थोप्ले खपटेः
वयस्क खपटे पखेटामा १२ वा २८ वटा काला थोप्लाहरु भएको बाटुलो आकारका हुन्छ । लार्भाको पहेँलो शरीर भरी हाँगा फाटिएका काँडाजस्ता झुसहरू हुन्छन् । वयस्क खपटे र लार्भा दुवैले पातको हरियो भाग कोतरेर खान्छन् ।
थोप्ले खपटे नियन्त्रणका लागि – एकै ठाउँमा झुप्पो परेका पहँेला फलहरू, खपटे तथा लार्भाहरूलाई सङ्कलन गरी जलाउनु पर्दछ र मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ ।
१०. फेद कटुवाः
ध्वाँसे वा पाँगो माटो रङ्गको जीउमा अस्पष्ट धर्साहरू हुन्छन् । यो कीरा छुंदा गुडुल्किन्छ र माटोमा बस्दछ । फेद कटुवाले जमिनको सतहबाट, जमिनको सतह मुनिबाट र जमिनको केही माथिबाट काट्दछ । बेर्ना अवस्थामा यो कीराले धेरै नोक्सान पु¥याउँदछ । यिनीहरु बाली तथा ठांउ अनुसार बिभिन्न रगंका हुन्छन् ।
फेद कटुवाको नियन्त्रणका लागि– बेर्ना सार्नु भन्दा अगाडि मालाथियन धूलोले प्रतिरोपनी अर्थात् १.५ कठ्ठा जग्गामा १.५ के.जी. का दरले माटो उपचार गर्नु पर्दछ । यसैगरी मालाथियन वा नुभान १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ ।
काँक्रो खेतीमा लाग्ने रोग र तिनको व्यवस्थापन
काँक्रो बालीमा लाग्ने प्रमुख रोगहरूमा सेतो धुलो ढुसी, डाउनी मिल्ड्यू, कोत्रे, गुजुमुजे आदि हुन् ।
१. सेतो धूलो ढुसीः
वातावरणमा पानीको मात्रा धेरै र सुख्खा मौसम हुँदा यस रोगको आक्रमण बढी हुन्छ । पातको माथिल्लो सतहमा बढी मात्रामा सेतो ढुसी फैलिएर पातलाई नै ढाक्दछ । रोगको प्रकोप अत्यधिक भएमा पात पहेँलिएर सुक्न थाल्छ र अन्तमा बोट सुक्दछ ।
सेतो धूलो ढुसी रोकथामका लागि – साफ पाउडर २ ग्राम १ लिटर पानीमा मिसाइ ७÷७ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
२. डाउनी मिल्ड्यूः
लगातार हुस्सु र कुहिरो लाग्ने आर्दता धेरै र पानी नपरे पनि चिसो भइरहने ठाउँमा यो रोगको प्रकोप बढी हुने गर्दछ । रोगी पातको माथिल्लो सतहमा पहेँलो रङ्गका थोप्लाहरु र उल्टोपट्टि पातमा बैजनी रङ्गका ढुसीका थुप्रा देखा पर्दछन् र रोग लागेका पातहरु सुक्न थाल्दछन् ।
डाउनी मिल्ड्यु रोकथामको लागि बेभिस्टिन २ ग्राम प्रति के.जि.का दरले बीउ उपचार गर्नु पर्दछ । रोग लागिसकेको खण्डमा डाइथेन एम—४५, २.४५ ग्राम प्रतिलिटर पानीमा मिसाएर ७÷७ दिनको फरकमा ३ पटक छर्नु पर्दछ । ढुसी नियन्त्रण गर्न साफ पाउडर २ ग्राम १ लिटर पानीमा मिसाइ ७÷७ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
३. कोत्रे
बिरुवा, पात अथवा फल दुबैका बीचमा गडेका दागहरु देखिन्छन । ड्ड कोत्रे रोगको रोकथामका लागि बेभिष्टिन २ ग्राम प्रति के.जि. का दरले बीउको उपचार गर्नु पर्दछ ।
४. गुजुमुजेः
रोगी विरुवाका बढदै गरेका टुप्पोका पातहरुमा गुजुमुजु र छिर्केमिर्के परेका देखिन्छन् । रोगी बिरुवाको किनाराको नसामा शुरु भई मुख्य नसासम्म चोके आकार बनाइ बढद्छ । जसले गर्दा पातका किनाराहरू बाङ्गाटिङ्गा हुन्छन् । बिरुवाको बीच भागमा पहेँलो र कतै हरियो रङ्ग हुँदा पात छिर्केमिर्के र तल–माथि उठेको जस्तो देखिन्छ । बिरुवाको सानो अवस्थामा आक्रमण भएमा फलमा खाल्डाखाल्डी परेको हुन्छ र यसको बास्तबिक रङ्ग हराउँछ र यस अवस्थालाई ह्वाइट पिकल पनि भनिन्छ ।
गुजुमुजे रोगको रोकथामका लागि – रोगी बिरुवा खेतबारीमा फाट्टफुट्ट देखिना साथ हटाउनु पर्दछ । भिरकोन—एच ४ मि.लि. प्रतिलिटर पानीमा राखी १० दिनको फरकमा ४ पटक छर्नु पर्दछ । यस्तो अवस्थामा गाई÷भैँसीको दूध १० मि.लि. प्रतिलिटर पानीमा राखी १० दिनको फरकमा ४ पटकसम्म छर्नाले पनि नियन्त्रण हुन्छ । गुजमुजे रोग सार्ने कीरा लाही र अन्य कीरा नियन्त्रण गर्न मालाथियन वानुभान २ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ३ पटक ७÷७ दिनको फरकमा छर्नु पर्दछ ।
बाली टिपाइ – भित्र्याउने र बजार व्यवस्थापन
- बजारका अवसरहरूको अवस्थालाई विश्लेषण गररे काँक्रो टिप्दा सजिलै सित बिक्री गर्न सकिनुका साथै उचित मूल्य पा्रप्त गर्न पनि सकिन्छ । तसर्थ कुन ठाउँमा कुन समयमा काँक्रोको माग बढी हुन्छ भन्ने कुराको विश्लेषण गर्नु पर्दछ ।
- काँक्रोलाई कमलो अवस्थामा अर्थात् मु्ठ्ठी भरीको भए पछि भेट्नो सहित टिप्नु पर्दछ । यसरी टिपिएको काँक्रो बजारमा नबिग्रिएको अवस्थामा पु¥याउन सजिलो हुन्छ र बजार भाउ पनि राम्रो पाइन्छ ।
- काँक्रो टिपीसकेपछि आकारको आधारमा वर्गीकरण गर्नु पर्दछ । यसो गर्नाले काँक्रो बजारमा आकर्षक देखिनुका साथै बढी मूल्य प्राप्त गर्न सकिन्छ ।
- नजिकको बजारमा काँक्रो बिक्री गर्न लैजाँदा नोक्सानी हुनबाट जोगाउन प्लाष्टिकको क्रेट वा बाँसको टोकरीमा राखेर लैजानु पर्दछ ।
- कृषकले फल टिप्नु भन्दा अगाडि बजारमा आफ्नो उत्पादनको माग, मुल्य र व्यापारीहरूको बारेमा जानकारी लिनु पर्दछ ।
- काँक्रो उत्पादन गर्ने कृषकले कुन महिनामा बढी खपत हुने र बढी मूल्य पर्ने, कस्तो खालको फल र जात व्यापारी तथा उपभोक्ताहरूले रुचाउँदछन भन्ने विषयमा जानकारी लिनु पर्दछ ।
- तरकारीका लागि थोक तथा खुद्राको पहिचानका बारेमा पनि राम्ररी जानकारी हुनु पर्दछ । होटेल तथा रेष्टुरेन्टमा के–कस्ता फल माग भएको हुन्छ भन्ने बारेमा पनि जानकारी लिनु पर्दछ ।
स्रोत : Practical Action