Sunday, October 13, 2024
थप

    अस्ट्रेलियासँग नेपाल ३–० गोलको अन्तरले पराजित

    जेठ २८, काठमाडौँ । विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीले मात्र खेल्नु परेको थियो ।
    समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडको माध्यमबाट पहिलो गरेका थिए । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।
    मार्टिन बोएलले ५७ औँ मिनेटमा तेस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको थियो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।
    गोल गर्ने अवस्थामा रहेका बोएलमाथि फल गरेपछि रोहितलाई रातो कार्ड देखाइएको हो । यस्तोमा नेपाल दबाबमा परेको थियो । नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बूलाई खेललाई निरन्तरता दिनको लागि दबाब पर्यो । उनीहरुले हाफ समयसम्म धेरै पटक आफ्नो गोलको लागि बचाउ गरे ।
    नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुस घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।
    छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो ।
    नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।
    यसपालिको छनोट खेलमा तीन खेलमध्ये एक खेलमा विजयी भयो भने दुईमा पराजय भोग्नु पर्यो । यो खेल नेपालमा हुने निश्चित भएको थियो तर कोभिडको कारणले सारिएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै