Saturday, October 5, 2024
थप

    सर्वदलीय बैठकको निष्कर्षः संविधान र लोकतन्त्र बचाउन सबै दलले कसरत गर्ने

    जेठ २८, काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक प्रमुख दलहरु लाग्नुपर्नेमा सबै दल सहमती भएको बताए ।
    ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा. भट्टराइले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’
    बैठकमा चुरे लगायतका अन्य क्षेत्रहरुमा भइरहेको ढुङ्गा तथा गिटी निकासी पैठारी गर्ने सरकारको निर्णय गलत भएको सबै नेताहरुको ठहर रह्यो । सबै नेताहरुले संसद विघटन गलत ढङ्गले भएको भन्दै सभामुखलाई सुझाव दिएको जानकारी दिए ।
    भट्टराईले भने, ‘सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ ।’ उनले थपे, ‘उहाँले आफ्नो प्रयास रहने बताउनुभयो ।’
    नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गलको समय पारेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुले भित्री र बाह्य शक्तिको प्रयोग गरेर असफल पार्नेतर्फ क्रियाकलाप भइरहेको हुँदा यस्ता गलत क्रियाकलापप्रति दलहरु सचेत रहन जरुरी भएको बताए ।
    सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरिसकेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै