Home समाचार मुख्य समाचार नारायणमान बिजुक्छेको उद्घोषः कोरोना कहरमा निः स्वार्थ सेवा गर्नूस्

नारायणमान बिजुक्छेको उद्घोषः कोरोना कहरमा निः स्वार्थ सेवा गर्नूस्

0
नारायणमान बिजुक्छेको उद्घोषः कोरोना कहरमा निः स्वार्थ सेवा गर्नूस्

जेठ २८, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना महामारीको समयमा आफ्नो कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दारी सिपाही हुन नसक्ने बताएका छन् । आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीसँग भर्चुअल कार्यक्रममा उनले महामारीको समयमा निः स्वार्थ भावले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको उनले चर्चा गरे । नगरपालिकाको पहलमा ६ करोड रमक जम्मा हुनु सह्रानिय काम भएको दाबी उनको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान गर्नु पर्ने भन्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हटेमा समाजलाई जोगाउन मुश्किल पर्ने बताए। जोशीले ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न जनस्तरबाट भएको सहयोगले अक्सिजन प्लान्ट जडान कार्य सुरु भइसकेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here