Monday, September 9, 2024
थप

    पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु

    जेठ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यसैगरी, ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९२१ जनामा, ललितपुरमा १६३ जनामा, मोरङमा १५१ जनामा तथा नुवाकोट, कास्कीमा ११७/११७ जनामा, सुर्खेतमा ११६ जनामा, सुनसरीमा ८४ जनामा, चितवनमा ८३ जनामा, कैलालीमा ७१ जनामा, भक्तपुरमा ५६ जनामा, नवलपरासी पूर्वमा ५४ जनामा, काभ्रेमा ५० जनामा, मकवानपुरमा ४९ जनामा र धनुषामा ४२ जनामा, झापा र सिन्धुपाल्चोकमा ३५/३५ जनामा, जुम्लामा ३२ जनामा, दाङमा ३३ जनामा, तनहुँमा २८ जनामा, कञ्‍चनपुरमा २३ जनामा, धादिङमा २२ जनामा, सिन्धुली, कपिलवस्तुमा २०/२० जनामा सप्तरीमा १९ जनामा, दोलखामा १८ जनामा, गुल्मी र पाल्पामा १७/१७ जनामा, सिरहा, लमजुङ र बर्दियामा १‍५/१५ जनामा, नवलपरासी पश्‍चिममा १३ जनामा, संखुवासभमा १० जनामा, धनकुटा, रामेछाप,गोरखा रम्‍याग्दीमा ९/९ जनामा, रोल्पा र बाँकेमा ८/८ जनामा जना, उदयपुर, तेह्रथुम, बारा, महोत्तरी र अर्घाखाँचीमा ७/७ जनामा, सर्लाही र स्याङ्जामा ६/६ जनामा, पर्सा, रौतहट, रसुवामा ५/५ जनामा, ताप्लेजुङ, सल्‍यान र डोटीमा ४/४ जनामा, इलाम, सोलुखुम्बु, बागलुङ र डडेलधुरामा ३/३ जनामा, खोटाङ, भोजपुर, प्‍युठान, जाजरकोट र रूकुम पश्‍चिममा २/२ जनामा तथा ओखलढुंगा, डोल्पा, मुगु, दार्चुला, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै