जेठ २८, काठमाडौँ । समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आह्वान गरेका छन् । राजनीतिक दलसँग छलफलका लागि सापकोटाले शुक्रबार (आज) बोलाएका हुन् ।
छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएर बोलाएका थिए।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ।
बैठक आज अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जाने/नजाने बारे अहिलेसम्म निश्चित भइसकेको छैन।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भनेका थिए। सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए।
याे पनि पढ्नुहाेस्ः