Home समाचार मुख्य समाचार शुक्रबार सर्वदलीय बैठक बस्दैः सबै राजनीतिक दललाई बैठकमा आउन निमन्त्रण, प्रधानमन्त्री पनि उपस्थित हाेलान त ?

शुक्रबार सर्वदलीय बैठक बस्दैः सबै राजनीतिक दललाई बैठकमा आउन निमन्त्रण, प्रधानमन्त्री पनि उपस्थित हाेलान त ?

0
शुक्रबार सर्वदलीय बैठक बस्दैः सबै राजनीतिक दललाई बैठकमा आउन निमन्त्रण, प्रधानमन्त्री पनि उपस्थित हाेलान त ?

जेठ २८, काठमाडौँ । समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आह्वान गरेका छन् । राजनीतिक दलसँग छलफलका लागि सापकोटाले शुक्रबार (आज) बोलाएका हुन् ।
छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएर बोलाएका थिए।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ।
बैठक आज अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जाने/नजाने बारे अहिलेसम्म निश्चित भइसकेको छैन।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भनेका थिए। सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए।

याे पनि पढ्नुहाेस्ः

https://www.sancharhouse.com/2021/06/09/%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a4%b2%e0%a5%80/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here