Monday, September 9, 2024
थप

    कास्कीका पाँच राजनीतिक दल एक ठाउँमाः सरकारसँग तत्काल खोपकाे व्यवस्था गर्न माग

    जेठ २८, कास्की । कास्कीका पाँच राजनीतिक दल अहिले कोभिडको बेलामा एक भएका छन् । जनतालाई कोभिडले सताइरहेको बेलामा जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
    नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ ।
    विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै