Saturday, January 25, 2025
थप

    तमुः समाज युकेले ११ लाख २५ हजार सहयोगः कसलाई कति सहयाेग ?

    जेठ २८, काठमाडौँ । देशमा महामारी, बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई परेको असरको समयमा बेलायतमा परोपकारी संस्थाको रुपमा स्थापित भएको संस्था हो तमुः समाज युके । यस संस्थाले हाल भइरहेको कोभिड–१९ को महामारीको समयलाई ध्यानमा राखेर हालै रु. ११ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु. पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु. तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आउनुभएकी राधा पौडेलको फाउण्डेशनलाई रु. तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिएका छन् ।
    तमुः समाज युकेले संस्थापक अध्यक्ष चित्र गुरुङको सहभागितामा चन्दामार्फत रकम सङ्कलन गरेको हो । बेलायतमा कोरोना देखिएपछि तमुः समाज युकेले नेपालका विभिन्न सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पिपिइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई पिपिइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।
    समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो । नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौँ र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई रु. दुई लाख बराबरको खाद्यान्न वितरण गरेको थियो । तमुः युके समाजले हालसम्म पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै रु. ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताएका छन् ।

    सम्बन्धित

    2 COMMENTS

    1. नेपालमा कोरोना पीडितका लागि तमु समाज यूकेबाट ११ लाख २५ हजार सहयोग वितरन गरेको समाचार संप्रेसन गरिदिनु भयेको मा क्रिस्ना सर्माज्यु र sancharhouse.com यूनिट लाई मुरी मुरी आभार सहित धन्यवाद ब्यक्त गर्दछौ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै