Saturday, May 18, 2024
थप

    खेलाडीलाई खोप पुर्याउन खेलकुद महासंघको अपिल (अपिल पत्रसहित)

    जेठ २६, काठमाडौँ । नेपाल खेलकुद महासंघले खेलाडीलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । रमेश पौडेलको अध्यक्षतामा तयार गरिएको निवेदनमा खेलाडीलाई खोप उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।
    ‘आजीवन राष्ट्रिय झन्डालाई पहिलो प्राथमिकतामा राखेर हिँड्ने खेलाडी, खेल प्राविधिक तथा समग्र खेलकर्मीहरुको जीवन रक्षाका खातिर यस महासंघले समन्वय तथा सहजीकरण गर्ने गरी परिचयपत्रको आधारमा काठमाडौँ उपत्यकामा ५ हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार कोरोना विरुद्ध दिइने भ्याक्सिन (खबअअष्लभ० उपलब्ध गराइदिनुहुन विनम्रतापूर्वक आग्रह गर्दछु ।’
    खेलाडीको जीवन रक्षाको लागि खोप उपलब्ध गराइदिन सरकार समक्ष नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले निवेदनमार्फत अनुरोध गरेका छन् ।

    निवेदन

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै