Monday, September 9, 2024
थप

    कोरोना खोप लगाएपछि कस्तो लक्ष्यण देखिन्छ ? कति समयसम्म याे खाेपले काम गर्छ ?

    जेठ २५, काठमाडौँ । आजदेखि सरकारले चीनबाट ल्याएको कोरोना खोप ६० वर्ष माथिकालाई लगाउन सुरु गरेको छ । सरकारले तोकेको स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्य भइरहेको छ । खोप लगाउँदा कस्तो लक्ष्यण देखिन्छ ? कस्ता व्यक्तिले यो खोप लगाउनु हुन्छ कस्ताले लगाउनु हुँदैन भन्ने जिज्ञासा अहिले जनमानसमा आइरहेको छ ।
    १. खोपको उपयोगिता के छ ?
    कोभिड–१९ को खोपले कोभिड संक्रमण हुनबाट बचाउँछ । खोप लगाइसकेपछि रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । तपाईँले खोप लगाएपछि संक्रमण भयो भने पनि तपाईँबाट अरुमा संक्रमण हुँदैन । त्यसैले घर परिवारमा बाहिर हिँडिरहने मान्छेले खोप लगाउनु अपरिहार्य छ । कोरोना रोग निको भएकाले पनि यो खोप लगाउनु पर्दछ ।
    २. यो खोप कस्ता व्यक्तिले लगाउन हुन्छ ? कस्ता व्यक्तिले लगाउन हुँदैन ?
    १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क लगाउन सकिन्छ ।
    यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस प्रतिक्रिया) भएको व्यक्तिहरूले यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिसंं) प्रतिक्रिया भएको गर्भवती महिलाहरूलाई यसका साथै १८ वर्ष मुनिका बालबालिकाहरुले यो खोप लगाउनु हुँदैन । यसभन्दा फरक मानिसहरु सबैले खोप लगाउनु हुन्छ । बालबालिकाको लागि पनि यो खोपको बारेमा अनुसन्धान भइरहेको छ । यो खोप लगाएपछि पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ । संक्रमण भए तापनि गम्भीर बिरामी पर्ने सम्भावना एकदमै कम हुन्छ । त्यसैले खोप लगाएपछि पनि भिडभाडमा जानु परेमा अनिवार्य माक्सको प्रयोग गर्ने, शारीरिक दुरी कायम राख्ने र भिडभाडबाट आएपछि साबुन पानीले राम्रोसँग हातखुट्टा सफा गर्ने ।
    ३. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?
    कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् । कसै कसैलाई यस्ता साना असरका साथै निकै गाह्रो हुने गरेको तथा एलर्जी पनि हुने गरेको छ । यस्तो भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुहोला ।
    ४. यो खोप लगाइसकेपछि कति समयसम्म रोग लाग्नबाट बचाउँछ ?
    यो कोरोना खोप पूर्ण रुपमा कोरोनाको खोप होइन । यसले प्रतिरोधात्मक क्षमता वृद्धि गराउने कार्य गर्दछ । जहिलेसम्म प्रतिरोधात्मक क्षमता रहन्छ त्यति बेलासम्म यो रोग लाग्न दिँदैन । यो खोप लगाएको कति समयसम्म प्रतिरोधात्मक क्षमता रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।
    ५. खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?
    आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ । यदि तपाईं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् । कोभिड–१९ खोपका बारेमा कुनै पनि जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला ।

    स्राेतः युनिसेफ नेपालकाे सहयाेगमा

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै