Monday, September 9, 2024
थप

    कुन कुन देशमा एनसेलबाट फोन गर्दा प्रतिमिनेट रु. ४९ सम्म लाग्छ जानिराखौँ

    जेठ २६, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलले १९ देशमा कल गर्दा लाग्ने शुल्कमा वृद्धिगर्न स्वीकृत दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत यो शुल्क गत शुक्रबारदेखि लागू भएको एनसेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
    नयाँ परिमार्जित शुल्क पुरानोभन्दा ६ गुणा बढी महँगो भएको छ । प्राधिकरणले जेठ ९ देखि डेढ दर्जन देशमा एनसेलबाट कल गर्दा लाग्ने शुल्क बढाउन स्वीकृति दिएको थियो ।

    यस्ताे छ एन सेलकाे नयाँ कल रेट

    ‘प्राधिकणबाट प्राप्त स्वीकृतिसँगै यी देशका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवा प्रदायकले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ,’ विज्ञप्तिमा जानकारी गरिएको छ ।
    नयाँ अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १९ वटा देशमा प्रतिमिनेट कल शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको एनसेलले जनाएको छ । माल्दिभ्समा लाग्ने शुल्क भने करबाहेक प्रतिमिनेट ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । यसअघि यी देशमा कल गर्दा देशअनुसार प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसादेखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । सम्बन्धित देशका साझेदारले सन् २०१६ देखि आफ्नो शुल्क बढाएका कारण ५ वर्षमा एनसेललाई अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सान पर्दै आएको एनसेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ । विगत ५ वर्षमा अन्तर्राष्ट्रिय कलबाट हुने आयमा साढे २७ करोडभन्दा बढी नोक्सान भोगेको एनसेलको दाबी छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै