पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि झापड प्रहार भएकाे छ । दक्षिणी फ्रान्सको भ्रमणका क्रममा आएका एक व्यक्तिले झापड हानेका हुन् ।
बाटोमा उभिएका जनताहरूसँकाे कुराकानी गर्दैगरेकाे अवस्थामा एक्कासी झापड हानेकाे भिडियाेमा देखिएकाे छ ।
बीबीसीका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको दुई जनालाई पक्राउ गरिएको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ ।