Sunday, December 8, 2024
थप

    निषेधाज्ञाको सहज बनाउने तयारीमा सरकार, कस्ताे छ त सरकारकाे तयारी ?

    जेठ २५, काठमाडौँ । निषेधाज्ञालाई कसरी कम गर्दै लाने भन्ने बारे गृह मन्त्रालयले समीक्षा गर्न थालेको छ । अहिले मुलुकका ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमण केही घटेसँगै अबको रणनीति कसरी अगाडि बढाउने भन्ने बारे गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका प्रमुख जिल्ला अधिकारीसँग छलफल सुरु गरेका छन् ।
    कोरोना भाइरस महामारीको नियन्त्रणमा निषेधाज्ञा नै प्रमुख सहयोगी साबित भएको गृह मन्त्रालयको दाबी रहेको छ । यसका बाबाजुत पनि एक महिना लामो निषेधाज्ञालाई केही कम गर्दै लानुपर्ने अधिकारीहरुको भनाइ रहेको छ ।
    गत वर्ष एकैपटक निषाधाज्ञा हटाउँदा संक्रमण तिब्र रुपमा बढेको भन्दै अहिले निषाधाज्ञालाई स्थान र अवस्थाको ध्यान दिँदै केही सहज गराउने गरी तयारी थालेको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।
    प्रवक्ता भन्छन्, ‘जिल्लाको दैनिक समीक्षा प्राप्त गरिरहेका छौं, अब जनजीवनलाई सहज बनाउँदै लैजानु पर्ने छ ।’
    तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा समस्या देखिएको उनले बताए । दाहालले भने, ‘स्वास्थ्य मन्त्रालयसँग पनि राय लिन्छौं, त्यसपछि निषेधाज्ञाबारे थप निर्णय हुन्छ ।’
    काठमाडाैँ उपत्यकाका लागि कस्तो छ तयारी ?
    काठमाडौं उपत्यकामा हाल निषेधाज्ञा चलिरहेको छ । जेठ मसान्तसम्म यही अवस्थामा निषेधाज्ञा रहिरहन्छ । जेठ मसान्तपछि भने काठमाडौँ उपत्यकामा जोर–विजोर यातायात चलाउने विषयमा छलफल भइरहेको छ । तत्काल सार्वजनिक सवारी साधन भने चल्न दिन नहुनेतर्फ विज्ञहरुको सुझाव रहेको छ ।
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘यो मसान्तसम्म त निषेधाज्ञा जारी नै छ, त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको छ ।’ यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने उनको भनाइ छ ।
    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताए । भट्टराईले भने, ‘अझै केही दिन बाँकी रहेकोले जेठको अन्तिमसम्मको अवस्था हेरेर निर्णय लिनुपर्छ ।’, उनले थपे, ‘हाल चाहिँ संक्रमण र मृत्यु दर पनि घट्दै गइरहेको अवस्था छ ।’
    कोरोना संक्रमणलाई कम गराउने उद्देश्य अनुरुप उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलबाट १६ वैशाखदेखि निषेधाज्ञा लगाउँदै आएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै