Saturday, January 25, 2025
थप

    यस वर्षको शैक्षिक सत्र असार १ बाटै सुरु हुने

    सञ्चार हाउस, जेठ २४, काठमाडौं

    २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन र त्यसका लागि तयारी गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।

    सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह हुनेछन् ।

    मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन गर्नुभएको मन्त्री सचिवालय स्रोतले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ । 

    यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय पनि गरिएको छ भने जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक सहज ढुवानी र बिक्री वितरणका लागि आवश्यक वातावरण बने जेठ मसान्तभित्र विद्यार्थीको हातमा पुस्तक पुर्याउन सकिने जनाएको छ । यस वर्षका लागि आवश्यक पुस्तक छपाइ गरी प्रदेश कार्यालयमा पुर्याइसकिएको र ती पुस्तक विद्यालयसम्म पुर्याउन मात्र यतिबेला समस्या भएको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै