Sunday, December 8, 2024
थप

    अध्यक्ष ओलीको आह्वान सकारात्मकः योगेश भट्टराई

    जेठ २४, काठमाडौँ । नेकपा एमाले नेपाल निकट नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानको केही अर्थ छैन भनेर प्रतिक्रिया दिइरहेको बेला नेकपा एमालेका नेता योगेश भट्टराईले भने पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यस आह्वानले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।
    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई २०७५, जेठ ३ अघि फर्काउन तयार भएका उनले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् ।
    यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै भट्टराईले अध्यक्ष ओलीको आह्वान सकारात्मक भएको बताएका छन् । ‘कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ’ उनले भनेका छन्, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरुलाई समाधान गर्नेछ ।’
    उनले अघि भनेका छन्, सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’
    यद्यपि अध्यक्षको वक्तव्यले पार्टीका शीर्ष नेतृत्वबीच सम्वाद हुने र एकताको एकता कायम राख्न मद्दत पुग्ने अपक्षा गरेको माधव नेपाल समूहमा रहेका नेता भट्टराईले बताएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै