Home समाचार मुख्य समाचार ओलिको आह्वानः सर्वोच्च अदालतमा परेको रिट फिर्ता लिएर आउनुहोस्, जेठ ३ मा फर्किएर अघि बढौँला (विज्ञप्तिसहित)

ओलिको आह्वानः सर्वोच्च अदालतमा परेको रिट फिर्ता लिएर आउनुहोस्, जेठ ३ मा फर्किएर अघि बढौँला (विज्ञप्तिसहित)

0
ओलिको आह्वानः सर्वोच्च अदालतमा परेको रिट फिर्ता लिएर आउनुहोस्, जेठ ३ मा फर्किएर अघि बढौँला (विज्ञप्तिसहित)

जेठ २३, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काएर अघि बढ्न तयार भएको विज्ञप्ति मार्फत् जानकारी गराएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् ।
सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा फर्किएर सक्रिय रुपमा अगाडि बढिने बताएका छन् । पछिल्लो समय एक आपसमा दोषारोपण गर्दै पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।
‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ ओलीले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।
पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।
‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले भनेका छन् ।
एमालेको माधव नेपाल झलनाथ खनाल समूहले पार्टी एकताका लागि जेठ ३ पूर्वको अवस्थाबाट पार्टी संगठन अघि बढाउनु पर्ने र कारबाहीहरु फुकुवा हुनुपर्ने माग गरिरहेको थियो ।

विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here