Saturday, December 9, 2023
थप

    कारोना–१९ तेस्रो तथा चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य संस्थालाई तयारी रहन मन्त्रालयको आह्वान

    सञ्चार हाउस, जेठ २२ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो, चौथो लहर आउन सक्ने अवस्था रहेकाले स्वास्थ्य संस्थाहरुलाई त्यसको सामना गर्न तयारी अवस्थामा रहन आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र तेस्रो र चौथो लहरले बालबालिका सबैभन्दा बढी संक्रमित हुने विज्ञप्तिमा उल्लेख छ ।
    तेस्रो र चौथो लहरलाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुेन गरी तयारी अवस्थामा राख्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ । यसका साथै अक्सिजनको व्यवस्थापन समेत गर्न सबैमा अनुरोध गरिएको छ ।
    कोभिड–१९ महामारी रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदानप्रति सबै अस्पताल, स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै भावि दिनमा समेत यस प्रकारको सहयोगको उपेक्षा गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
    ‘कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्सवास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबु भित्रै रहन पुगको छ । प्रथम लहर र दोस्रो लहरले अत्याधिक मात्रमा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै