Home समाचार मुख्य समाचार कारोना–१९ तेस्रो तथा चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य संस्थालाई तयारी रहन मन्त्रालयको आह्वान

कारोना–१९ तेस्रो तथा चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य संस्थालाई तयारी रहन मन्त्रालयको आह्वान

0
कारोना–१९ तेस्रो तथा चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य संस्थालाई तयारी रहन मन्त्रालयको आह्वान

सञ्चार हाउस, जेठ २२ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो, चौथो लहर आउन सक्ने अवस्था रहेकाले स्वास्थ्य संस्थाहरुलाई त्यसको सामना गर्न तयारी अवस्थामा रहन आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र तेस्रो र चौथो लहरले बालबालिका सबैभन्दा बढी संक्रमित हुने विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो र चौथो लहरलाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुेन गरी तयारी अवस्थामा राख्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ । यसका साथै अक्सिजनको व्यवस्थापन समेत गर्न सबैमा अनुरोध गरिएको छ ।
कोभिड–१९ महामारी रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदानप्रति सबै अस्पताल, स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै भावि दिनमा समेत यस प्रकारको सहयोगको उपेक्षा गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
‘कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्सवास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबु भित्रै रहन पुगको छ । प्रथम लहर र दोस्रो लहरले अत्याधिक मात्रमा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here