सञ्चार हाउस, काठमाडौँ । फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । फ्रान्सले नेपाललाई कोरोना महामारी विरुद्धको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेका छन् । फ्रान्सले नेपाललाई पाँच लाख चार हजार थान मास्क, २० हजार थान एन्टीजेन किट, १२ हजार थान चस्मा लगायतका सामग्री नेपाल पठाएको हो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका छन् ।
