सञ्चार हाउस, न्यूयोर्क–अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनएए)अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित भएका छन्। सुवेदीले ४१८ मत अन्तरले प्रतिद्वन्द्वी कृष्ण लामिछानेलाई पराजित गरे । सुवेदीले ५६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरेका थिए।
अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे भने तिलक केसीले ५ सय ६७ मत पाएका छन्।
सन् २०२१–२३ कार्यकालका शनिबार र आइतबार दुई दिन मतदान भएको थियो। मतदानमा १५ हजार ७ सय ६८ सदस्यले भोट हालेका थिए।
यस्तै वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० मत ल्याई कृष्णजीवी पन्त विजयी भए। उनका निकटम प्रतिद्वद्वीमा बीआर लामाले ५ हजार १ सय ९० मत ल्याए।
यस्तै महासचिवमा अन्जनकुमार चौलागाई ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए। उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे।
एनआरएनए अमेरिकामा २० हजार १ सय ३८ मतदाता छन्। चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको निर्वाचन कमिटीले जनाएको छ । चुनावमा सबै उम्मेद्वार चार सय भन्दा बढी थिए।