Monday, September 9, 2024
थप

    H10N3 बर्ड फ्लु पहिलोपटक मानिसमा भेटियो

    सञ्चार हाउस, काठमाडौं : चीनको जिआंग्सू प्राप्तका एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ । आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो । 
    जिआंग्सूस्थि तझेनजियांग शहरका ४१ वर्षीय पूरुषमा यो संक्रमण देखिएको हो ।

    कुखुरा पालनबाट यो रोग व्यक्तिमा फैलिरहेको प्राम्भिक अनुमान गरिएको हो । यद्यपी, ठूलो स्तरमा यो संक्रमण फैलने खतरा भने निकै कम रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य केही लक्षण पनि देखिएको थियो । एक महिनापछि अर्थात् २८ मेइमा H10N3 बर्ड फ्लु संक्रमण पुष्टि भयो । यद्यपी, यो भाइरसको खतरा धेरै नरहेको आयोगले जनाएको छ ।

    त्यस्तै विरामीको स्थिती अझै पनि सामान्य छ र चाडैं उसलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । यी व्यक्तीको सम्पर्कमा आएका मानिसहरुमा पनि यो संक्रमण सरेको छैन ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै