सञ्चार हाउस, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
१३ हजार ८०५ जनालाई पिसिआर परीक्षण र ३०७३ एन्टिजेन परीक्षण गरिएको थियो । उक्त पिसिआर परीक्षणबाट ४ हजार ५२४ र एन्टिजोन परीक्षणबाट ७९२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१/१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८, कञ्चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१,कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३,सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३०, महोत्तरीमा २९, सप्तरी र अछाममा २८/२८ जना, तनहुँ र दार्चुलामा २३/२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२/२२ जना, गुल्मीमा २०,गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५/१५ जना, दोलखामा १३, पर्सा र प्युठानमा ११/११ जना तथा रूकुम पश्चिममा १० जना, नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७/७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५/५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३र३ जना, रूकुम पुर्व र सल्यानमा २/२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।