Home जीवनशैली गृहिणी आज साउन १५, यसरी पकाउनुहोस् खीर

आज साउन १५, यसरी पकाउनुहोस् खीर

0
आज साउन १५, यसरी पकाउनुहोस् खीर

नेपाली भान्सामा खीर धेरै स्वादिलो परिकारको नाम हो । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी आउछ । नेपालमा प्राय:जसो चाडपर्वको मौका पारि खीर बनाईन्छ । अझ श्रावण १५ गतेलाई त खीर दिवसकै रुपमा पनि मनाईन्छ । तपाई पनि यो रेसिपी हेरेर चामलको स्वादिलो खीर घरमै बनाएर खान सक्नु हुन्छ।

चाहिने सामग्री:

  • २ लिटर दूध
  • २०० ग्राम ताइचिन/ मार्सि वा अन्य राम्रो चामल
  • १/२ कप चीनी (४ ठूलो चम्चा )
  • १०-१५ किशमिश
  • ४ हरीयो अलैची
  • १०-१२ बदाम टुक्रा टुक्रा पार्ने
  • ५-१० काजु टुक्रा टुक्रा पार्ने
  • १ ठूलो चम्चा घ्यु

बनाउने वि​धि:

  1. पहिले चामल राम्रो सँग पखाली २० मिनेट जति भिजाउनुहोला ।
  2. अब कराई वा डेक्चीमा दूध उमाल्नुहोस्।
  3. अब आगो सानो पारेर चामल हाल्नुहोस्।
  4. चामललाइ सानो आगोमा ४०-४५ मिनट पाक्न दिनुहोला, बेला बेला मा डाडूले चलाइराख्नु ।
  5. अब अलैची, चीनी र किशमिश हाल्नुहोला।
  6. यसलाई चीनी पुरै नघुले सम्म लगातार चलाइराख्नुहोला।
  7. अब घ्यु हाल्नुहोला अनि आगो बन्द गर्दिनुहोला ।
  8. सजाउन को लागि बदाम र काजु हाल्नुहोला।
  9. खिर तयार भयो ।
  10. अब हल्का चिसो भएपछि या तातो तातो खिर सेवन गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here