Home स्वास्थ्य/शिक्षा शैक्षिक गतिविधी यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित गरिने

यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित गरिने

0
यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित गरिने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नहुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले बताए ।

विद्यालयहरुले हरेक विद्यार्थीको आन्तरिक मूल्यांकनको विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाइसकेपछि प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गरिने छ ।

गत वर्षपनि कोभिड-१९ महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्न सिकने वातावरण नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here