विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि उपचार गराइरहेका थापाको मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे जानकारी दिए।
लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार आएको थिएन। कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि उनको उपचार भइराखेको थियो।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार गराएका थिए। दुवै अस्पतालमा उपचार असम्भव भएपछि थापाको पाँच दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइराखेको थियो।
मेडिसिटि अस्पतालमा भेन्टिलेटर र इक्मोको साहायताले उपचारको प्रयास भएको थियो। थापालाई नेपालको वैकल्पिक राजनीतिका अगुवा मानिन्छ।