Home समाचार मुख्य समाचार दोस्रो फ्याइटमा चीनबाट ८ लाख डोज काेराेना खोप नेपाल आइपुग्यो

दोस्रो फ्याइटमा चीनबाट ८ लाख डोज काेराेना खोप नेपाल आइपुग्यो

0
दोस्रो फ्याइटमा चीनबाट ८ लाख डोज काेराेना खोप नेपाल आइपुग्यो

साउन ७, काठमाडौं । चीनसँग किनेको ४० लाख खोपको दोस्रो फ्याइटमा ८ लाख खोप नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २ः०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ । जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here