Home समाचार मुख्य समाचार वागमती प्रदेशको घोषणः पत्रकारलाई डकुमेन्ट्री बनाउन खर्च दिने र डकुमेन्ट्री पनि खरिद गर्ने

वागमती प्रदेशको घोषणः पत्रकारलाई डकुमेन्ट्री बनाउन खर्च दिने र डकुमेन्ट्री पनि खरिद गर्ने

0
वागमती प्रदेशको घोषणः पत्रकारलाई डकुमेन्ट्री बनाउन खर्च दिने र डकुमेन्ट्री पनि खरिद गर्ने

जेठ ३१, काठमाडौँ । वागमती प्रदेशले डकुमेन्ट्री बनाउन आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पत्रकारलाई विभिन्न स्थानमा डकुमेन्ट्री बनाउन जाने खर्च दिने र पत्रकारले तयार गरेको उक्त डकुमेन्ट्री समेत सरकारले खरिद गरेर पत्रकारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
आज पत्रकार महासङ्घ वाग्मती प्रदेशको आयोजना हेटौंडामा भएको अन्तरक्रियामा मन्त्री पाण्डेले भने, ‘म पक्षपात नगरिकन सबै सञ्चारमाध्यम र सञ्चारकर्मीको विकासका निम्ती कार्य गर्नेछु ।’
पाण्डेले सञ्चार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफूले यसलाई सकारात्मक रूपमा लिने बताए। उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने समेत जनाएका छन्। सञ्चारकर्मीलाई लोककल्याणकारी विज्ञापन, लेखनवृत्ति, अध्ययन भ्रमणलगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनले जानकारी गराए । मन्त्री पाण्डेले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिइ अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताएका छन् ।
मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको जानकारी गराए । उनले सबै खाले सञ्चारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउन प्रतिबद्धता जनाएका छन् । सरकारले ल्याएको प्रेसमा बाह्य काम नगर्ने गरी काम गर्ने बताउँदै उहाँले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here