Home समाचार मुख्य समाचार नेतृ सुजाता कोइरालाको सरकारसँग आग्रहः कोरोना नियन्त्रणमा ध्यान दिइयोस्

नेतृ सुजाता कोइरालाको सरकारसँग आग्रहः कोरोना नियन्त्रणमा ध्यान दिइयोस्

0
नेतृ सुजाता कोइरालाको सरकारसँग आग्रहः कोरोना नियन्त्रणमा ध्यान दिइयोस्

जेठ ३१, काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारसँग आग्रह गरेकी छिन् । सरकारले कोरोना नियन्त्रणमा राम्रो भूमिका खेल्न नसकेकोले त्यसतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेकी छिन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तरक्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताइन।
कोइरालाले भनिन्, ‘अनुदानमा ल्याएर मात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरिदलाई प्राथमिकता दिनुपर्छ ।’ फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहनुभएका नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here