Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण, ५ हजार १ सय ४७ जना संक्रमणमुक्त

    जेठ ३१, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षणमा ८ सय ६९ जना गरी २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । तीमध्ये ५ लाख ३६ हजार २ सय ५२ जना निको भएका छन् भने ८ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।
    त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १ सय २२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६ सय ८२ रहेको छ । जसमध्ये ९ सय ९५ जना आईसीयूमा र ३ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
    संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै