Home विविध बालबालिका प्रदेश दुई सरकारले डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई रु. एक लाखका दरले राहत दिने घाेषणा

प्रदेश दुई सरकारले डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई रु. एक लाखका दरले राहत दिने घाेषणा

0
प्रदेश दुई सरकारले डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई रु. एक लाखका दरले राहत दिने घाेषणा

जेठ ३०, धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिकाको परिवारलाई प्रदेश नं २ सरकारले राहत दिने घोषणा गरेको छ । प्रदेश सरकारले मृतकका परिवारलाई रु. एक/एक लाखका दरले दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।
प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले घोषणा गरेका हुन् । सव परिक्षण गर्दा अस्पताल पुगेका मन्त्रीले परिवारसँग उक्त सहयोगको घोषणा गरेका हुन् ।
त्यसैगरी क्षेत्र नं ३ कै नेकपा एमालेतर्फका समानुपातिक सांसद तथा निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोले मृतकका परिवारलाई व्यक्तिगत रूपमा किरिया खर्च वापत रु. १० हजारका दरले सहयोग गरेकी छिन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दे गाउँबासीप्रति समवेदना प्रकट गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here