Home समाचार मुख्य समाचार उमेर नपुगी गरिएकाे बालविवाह प्रहरीद्वारा बदरः बालिकालाई घर फर्काइयो

उमेर नपुगी गरिएकाे बालविवाह प्रहरीद्वारा बदरः बालिकालाई घर फर्काइयो

0
उमेर नपुगी गरिएकाे बालविवाह प्रहरीद्वारा बदरः बालिकालाई घर फर्काइयो

जेठ ३०, काठमाडौँ । उमेर नपुगी विवाह गरेको भन्दै प्रहरीले विवाह बदर गरेर बालिकालाई घर फर्काइदिएको छ । डोटी जिल्लाको सायल गाउँपालिका घर भएकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिका घर भएकी १७ वर्षकी बालिकासँग गरेपछि उमेर नपुगी गरेको विवाहका कारण प्रहरीले विवाह खारेज गरेर घर फर्काइदिएको हो ।
दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले उमेर नपुगी विवाह गरेको भन्दै उक्त विवाह रद्द गराउन उजुरी गरेपछि छानविनपश्चात् उक्त विवाह बालबिबाह भएको ठहर गरी विवाह रद्द गरिएको जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए ।
कानूनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानूनविपरीत विवाह गर्नेलाई कानूनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । उनले भने, ‘बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।’
सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालबिबाह हुने गरेको पाइन्छ ।
बालविवाह गर्नेलाई कानूनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ आँकलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here