Home समाचार मुख्य समाचार राउटे र कर्णाली प्रदेश मुख्यमन्त्री शाही बिच भेट, सरकारसँग खाद्यान्न माग

राउटे र कर्णाली प्रदेश मुख्यमन्त्री शाही बिच भेट, सरकारसँग खाद्यान्न माग

0
राउटे र कर्णाली प्रदेश मुख्यमन्त्री शाही बिच भेट, सरकारसँग खाद्यान्न माग
/fp6];Fu d'VodGqL zfxL s0ff{nL, @* h]7 . s0ff{nL k|b]zsf d'VodGqL dx]Gb|axfb'/ zfxL;lxt ;fdflhs ljsf;dGqL o1axfb'/ la;L z'qmaf/ pkef]Uo ;fdu|Lsf] dfu ug{ cfPsf /fp6] ;d'bfosf o'jfo'jtL;Fu . e]63f6df /fp6] ;d'bfosf] ;d:of ;dfwfg ug]{ k|ltj4tf d'VodGqL zfxLn] ug'{ePsf] 5 . t:jL/ M z'/axfb'/ l;+x, /f;;

जेठ २८, काठमाडौँ । राउटे समुदायका युवायुवतीले आफ्नो समुदायमा खाद्यन्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए। उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए ।

सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिए मुख्यमन्त्रीले राउटे समुदायलाई सक्दो सहयोग गर्ने उक्त भेटघाट कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने क्रा समेत राख्नु भएको छ ।

सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवा र युवती भेटमा सहभागी भएका थिए। सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए । राउटे समूहसँगको आजको भेटमा दुर्व्यवहारमा परेकी किशोरी पनि सहभागी थिइन्।

राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ मा बस्दै आएका छन् । काठका भाँडाकुँडा बनाउने र त्यसलाई खाद्यवस्तुसँग साटेर दैनिक गुजारा गर्ने यो समुदायले पछिल्लो समय काठका भाँडाकुँडा बिक्री नभएपछि समस्या भोग्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here