Friday, December 8, 2023
थप

    १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र, थपिए ५ लाख नयाँ मतदाता

    २८ कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ ।

    आयोगले स्थानीय निर्वाचनको भन्दा १३६ वटा मतदानस्थल र २७२ मतदान केन्द्र थपेको छ । एउटा मतदान स्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिन्छ ।

    वैशाखको स्थानीय निर्वाचनमा १० हजार ७५६ मतदान स्थल रहेकोमा अहिले बढाएर १० हजार ८९२ बनाइएको छ । त्यसैगरी पहिले २१ हजार ९५५ मतदान केन्द्र रहेकोमा अहिले २२ हजार २२७ केन्द्र बनाइएको छ ।

    यसैगरी, वैशाखमा भएको स्थानीय चुनावपछि करिब ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ ।

    निर्वाचन आयोगको वेवसाइटकम उल्लेख भएअनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन् ।

    गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् र ८७ लाख ४१ हजार ५३० महिला हुन् । १८३ अन्य लिंगी छन् ।

    ६ महिनाअघिको निर्वाचनको तुलनामा यो पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएको देखिन्छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले छ महिनाको अवधिमा करिब ५ लाख नयाँ मतदाता थपिएको बताएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै