Monday, September 9, 2024
थप

    महानगरले भत्कायो वीर अस्पताल अगाडिका फार्मेसी, अब पार्क बनाइने

    असाेज ६‚ काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसी डोजर चलाएर भत्काएको छ।

    महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

    वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो । फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

    मेयर बालेन शाहको सचिवालयका एक सदस्यले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको जानकारी दिए।

    ‘अहिले जुन ठाउँमा ‌औषधि पसल राखिएको छ। त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ,’ उनले भने।

    यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो। वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको उनले बताए।

    अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै