Monday, September 9, 2024
थप

    टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश

    असाेज २‚ काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना तत्काल नभत्काउन अन्तरिम आदेश गरेको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

    सोही निवेदनमा  आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

    टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै