Friday, December 8, 2023
थप

    देवकोटाको घर भत्काएको विषयमा प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई सर्वोच्चले बोलायो

    सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

    अदालतको दिएको आदेश विपरीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएको भन्दै उप्रेती विरुद्ध अदालतको अवहेलना विषयमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामाथि भदौ २१ गते सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कुलपति उप्रेतीलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

    सर्वोच्चले नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायलाई पनि अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    मैतीदेवीस्थित महाकवि देवकोटाको घर भत्काएर संग्राहलय बनाउने योजना अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानले २१ साउन २०७८ मा उनको पुरानो घर भत्काएको थियो । घर भत्काएको विरुद्ध सर्वोच्चमा परेको रिटमा १३ भदौ ०७८ मा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्विक महत्वको भएकाले पुरात्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको थियो ।

    संग्रहालय बनाउन भन्दै देवकोटा परिवारबाट प्रतिष्ठानले २ करोड ५० लाखमा घर किनेको थियो । प्रतिष्ठानले आर्थिक वर्ष ०७७र७८को आफ्नो योजनामा देवकोटाको घरलाई संग्रहालय बनाउने योजना राखेका थिए । उक्त योजना अनुसार प्रतिष्ठानले २ वर्षभित्र देवकोटाको घरलाई संग्रहलय बनाउने तयारी गरेको छ ।

    हेर्नुहोस् आदेश

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै