Saturday, January 25, 2025
थप

    कुन सडक, कुन मिटरमा कति रकम बक्यौता छ उल्लेख गर्नुः मेयर शाह

    भदौ २२, काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकालाई विद्युत् महसुल तिर्न गरेको पत्राचारमा कुन मिटरको कति रकम बक्यौता रहेको छ उल्लेख गरी पठाउन विद्युत प्राधिकरणलाई आह्वान गरेका छन् । कुन सडकको कुन मिटरमा कहिलेदेखिको रकम बक्यौता रहेको उल्लेख नै नगरी महानगरपालिकाको नाममा पत्राचार गर्नु गैरजिम्मवार काम भएको मेयर बाहले बताएका छन् ।

    मेयर शाहले प्राधिकरणले काठमाडौं महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भनिएको रकम महानगरपालिकाको कुनै कार्यालयको रकम नभएर सडक बत्तीको रकम भनिएको पनि उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जालमा मेयर बालेन्द्रले लेखेका छन्, “महानगरक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहँदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्छ, सो विषयमा नेपाल विद्युत् प्राधिकरण आफैं जानकार छ ।”

    उनले सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको जवाफ स्पष्ट हुनुपर्ने बताए ।

    मेयर बालेन्द्रले भनेका छन्,”काठमाडौं महानगरवासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरू जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट सञ्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।”

    काठमाडौं महानगर र विद्युत् प्राधिकरणबीच तिर्नुपर्ने रकम कति ?

    महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरवासीको रगत पसिनासँग जोडिएको उनले बताएका छन् । जनताले तिरेको कर, शूल्कजस्ता माध्यमबाट प्राप्त हुने रकमबाट सम्बन्धित निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संवैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिने पनि उनले उल्लेख गरे । उनले भनेका छन्,”जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नुपर्ने दायित्व रहन्छ ।”

    मेयर शाहले कर र महसुल फरक कुराहरु भएको उल्लेख गर्दै महानगरले पाउने करलाई महसुलमा कट्टा गरेर साथीहरुको सापटी रकम जसरी मिलान गर्न नसकिने बताएका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै