Home समाचार मुख्य समाचार अब नामका पछाडिका ‘बा’ हरुलाई विदा गर्नुपर्छः रवि लामिछाने

अब नामका पछाडिका ‘बा’ हरुलाई विदा गर्नुपर्छः रवि लामिछाने

0
अब नामका पछाडिका  ‘बा’ हरुलाई विदा गर्नुपर्छः रवि लामिछाने

सञ्चार हाउस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नामको पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने बताएका छन् । उनले नाम लिँदै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने, ‘नामका पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here