सञ्चार हाउस,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सय सिट लिएर गठबन्धन गर्न सकिने बताएका छन् ।
अहिलेको वर्तमान राजनैतिक अवस्थामा गठबन्धन गर्ने अवस्था आएको भए पनि सय सिट नपाए गठबन्धन गर्न नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानु परेको हो ।’
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।
कोइरालाले तराईमा नेपाली कांग्रेसको राम्रो पकड भएकोले तराईका जिल्लाहरुमा बढी स्थानमा आफूले पाउनुपर्ने बताउँदै आएका छन् ।