Home समाचार महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरेपछि आइतबारबाट पार्किङ खुला ।

महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरेपछि आइतबारबाट पार्किङ खुला ।

0
महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरेपछि आइतबारबाट पार्किङ खुला ।

भाद्र १०‚ काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायत महानगर टिमले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो । विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाले पटक पटक छलफलमा पार्किङको लागि ठाउँ खाली गर्न भन्दै ताकेता गरेता पनि नमानेपछि प्रहरी लगाएर ठाउँ खाली गरेको थियो । ‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ। यस्तै आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ। यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ भने राहदानी विभागले आइतबारदेखि बेसमेन्टमै पार्किङ गर्ने जानकारीसहितको सूचना निकालेपछि मेयर बालेनले विभागलाई धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here