भाद्र ९‚ काठमाडौं । फर्पिङमा बज्रयोगिनीमाइको जात्रा सम्पन्न भएको छ । हिजो भाद्र ८ गते फर्पिङ दक्षिणकाली नगरपालिका वडा नं. ५ नारायणडबलीमा माता मन्दिरमा रहेको मूर्ति मध्ये हुबहु जात्रा गरिने मुर्ति ल्याइ पुजाआजा गरिने र आज दिउँसो ३ बजेपश्चात जात्रा गरिएको थियो ।
प्राचिन किंवदन्ति अनुसार – महामाया जगतजननी माता श्री बज्रयोगिनी मन्दिर बज्रयान बौद्ध धर्मका महासिद्ध मैत्रेयपा र नरोपाका शिष्यहरुले स्थापना गरिएको किम्बदन्ती पाइन्छ । मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा प्रताप मल्लले माता दक्षिणकाली मन्दिर तथा हालको ३ तले बज्रयोगिनी मन्दिर निर्माण गराएका थिए । देवता कोप भई फंपिमा अनिकाल र हाहाकार भएपछि जगतजननी माता बज्रयोगिनी आकाश मार्गबाट उडेर आई यस स्थानको रक्षा गर्नेछु भनी यहिँ बस्नु भएको कथन पाईन्छ । स्रोतः wisdom https://facebook.com/Ndst2020?__tn__=C-R
फर्पिङस्थित यसै महामाया श्री बज्रयोगिनी मन्दिरको दर्शन गरी गुरु पद्मसम्भवले ध्यान बसेको र यहिँ सिद्धि प्राप्त गरेको भन्ने जनश्रुती तथा बौद्ध ग्रन्थहरुमा उल्लेख पाइन्छ । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुले अति नै पुज्ने माता श्री बज्रयोगिनी जात्रा फर्पिङमा हरेक वर्ष गुँलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) का दिन हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
समाचार स्रोत – हाम्रो फर्पिङ राम्रो फर्पिङ