श्रीराम राईको दोस्रो गीत ‘हाँसो छ कि रोदन’ गीत सार्वजनिक भएको छ। राईको २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो रेकर्डेड गीत हो । राईको ‘हाँसो छ कि रोदन’ दोस्रो गीत हो ।
राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘हाँसो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्। राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।
गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा पनि सशक्त रुपमा कलम चलाउने सर्जक हुन् । उनका बालकथासंग्रह ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) प्रकाशित भएका छन्।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ (२०७४) मा पाँचवटा र ‘संयोग’ (२०७९) मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।