काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता भण्डारीले बताइन्।
बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । स्रोतका अनुसार बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका छन् ।
उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।
नेपाली कांग्रेसका बस्नेत र तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए ।
दक्षिणकाली नगरपालीकाकाे वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्। वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ मा कांग्रेसका श्यामबहादुर खत्रीले जितेका छन्। त्यस्तै वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा पनि कांग्रेसका अमृका बलामीले जितेका छन्।