Monday, September 9, 2024
थप

    कवि/पत्रकार तारकिणीको उपचारार्थ सहयोग अभियान सुरु : सहयोगका लागि आह्वान

    सञ्चार हाउस, काठमाडौँ । कवि एवं पत्रकार राजेन्द्र प्रसाद पन्त ‘तारकिणी’को सहयोगार्थ विश्वव्यापी अभियान सुरु गरिएको छ । हाँडे रोगका कारण दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय छन् । दुवै कान सुन्न नसक्ने समस्याले ग्रस्त उहाँको श्रवणशक्ति पुनः प्राप्तीका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी यएईले “आर्थिक सहयोग संकलन अभियान” सुरु गरेको हो ।

    प्रतिष्ठानले उहाँको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट व्यक्तिगत एवं संस्थागत रूपमा आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।

    स्वेच्छिक रुपमा सीधै सहयोग गर्न चाहनुहुने शुभचिन्तकहरुका लागि साहित्यकार राजेन्द्र तारकिणीको तल उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न सकिने सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी गराउनुभयो । यसका साथै प्रतिष्ठानका विभिन्न देशमा रहेका शाखा सञ्जाल र केन्द्रीय कमिटीमा सम्पर्क गरेर समेत सहयाेग गर्न सकिनेछ ।

    कसरी गुम्यो त श्रवण शक्ति ?

    राजेन्द्र तारकिणी सुदूरपश्चिमको जिल्ला बैतडीमा जन्मिएका हुन् । कवि तारकिणीको हाँडे रोगका कारण १५ वर्षकै उमेरमा श्रवण शक्ति गुमेको थियो । हाँडे रोगको संक्रमण बढेपछि अचानक श्रवणशक्ति गुमेको कवि तारकिणीले जानकारी गराए । यही वैशाख ३ गते सगरमाथा साहित्य प्रतिष्ठानको स्रष्टा र सृजना कार्यक्रमको १०३ औँ श्रृंखलामा कवि तारकिणीसँग संवाद गरिएको थियो, जसबाट उनको समस्या बाहिरिएपछि प्रतिष्ठानले सहयोग अभियान चलाएको हो ।

    श्रवण क्षमता गुमेपछि उहाँको परिवारले तत्काल उपचार गर्न नसकेकोले समस्या बढ्दै गएको बताइएको छ । यसको आधुनिक प्रविधिबाट उपचार महंगो पर्ने भएकाले सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।

    कहाँ र कसरी हुँदैछ उपचार ?

    तारकिणीको उपचार काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा हुँदैछ । त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा. डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उनको अपरेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार कवि राजेन्द्रको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उनको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।

    ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि अस्पतालले कम्तीमा १८ लाख खर्च हुने बताएको छ । जसमध्ये अपरेसन सफल भएपश्चात् नेपाल सरकारले नियमअनुसार दिने सहयाेगबाहेक १२ लाख अपुग हुने हुँदा बाँकी रकम जोहो गर्नुपर्ने बताइएको छ ।

    तर सामान्य आर्थिक अवस्थाका तारकिणीको परिवारले तत्काल १२ लाख रुपैयाँ जुटाउन नसक्ने भएको कारण आर्थिक सहयोगका लागि सगरमाथा साहित्य प्रतिष्ठानले अभियान सुरु गरेको जनाएको छ । सहयाेगीहरूकाे नाम र संकलित रकम प्रतिष्ठानकाे फेसबुक पेजबाट समेत नियमित सार्वजनिक गरिने जनाइएको छ ।

    साहित्यकार एवं पत्रकार तारकिणी हाल काठमाडौँमा रहेर साहित्य लेखन र पत्रकारितामा सक्रिय छन् । उनी पछिल्लो समय न्यूज २४ नेपालमा कार्यरत छन् । सम्पादन हाउसमार्फत केही साहित्यिक कृतिहरू सम्पादनमा समेत उनी सक्रिय छन् भने विभिन्न साहित्यिक संस्थाहरुमा समेत आबद्ध छन् । उनको नयाँ कवितासङ्ग्रह प्रकाशनमा आउन लागेको शिखा बुक्सका पुष्पराज पौडेलले जानकारी दिनुभएको छ ।

    सहयोग रकम पठाउन लागि बैंक खाता :

    नाम : Rajendra Prasad Pant

    बैंक : Global IME Bank Ltd / Kantipath Branch

    खाता नम्बर : 0107010024497 —–

    बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch

    खाता नम्बर : 2887931058524001

    E-Sewa/Khalti wallet : +977-9861606136 (Rajendra Prasad Pant)

    Email – rtpoet069@gmail.com

    Viber – +977- 9849560709

    फेसबुक : rajendra.tarakini

    थप जानकारीका लागि : +977-9849560709 (तारकिणीका दाइ)

    सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः

    प्रतिष्ठानको what’sapp नम्बर – +971-545643900

    फेसबुक- https://www.facebook.com/sagarmathasahityapratishthan

    —————

    केन्द्रीय अध्यक्ष :

    जीवित खड्का मगर (https://www.facebook.com/jeevit.khadka)

    फोन नं.- +971-525347997

    ––––––––––––––––––––

    केन्द्रीय महासचिव

    डिजी शर्मा (https://www.facebook.com/dipak.gautam.1232)

    फोन नं.- +971-545844855

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै