Saturday, October 5, 2024
थप

    सरकारले गर्याे १३ प्रतिशतसम्म सवारीसाधनकाे भाडा वृद्धि

    सञ्चार हाउस, काठमाडौँ । पटक पटक इन्धनको मूल्य वृद्धि भएको भन्दै सरकारले १० देखि १३ प्रतिशतसम्म सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो ।

    हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    सरकारले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले सञ्चार हाउसलाई जानकारी दिए ।

    घिमिरेले भने, ‘आइतबार नयाँ सवारी भाडाको बढेको सूचना प्रकाशित गरिनेछ र सूची सार्वजनिक भएपछि नयाँ भाडा दर लागु हुनेछ ।’

    स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनले बताएका छन् । इन्धनको ५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएकोले भाडाको समायोजन गरिएको बताए ।

    असारदेखि अहिलेसम्म सरकारले डिजेलको मूल्य ३४ प्रतिशतले वृद्धि गराएकाे छ । मूल्य वृद्धि भएको भाडाको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै