Saturday, January 25, 2025
थप

    थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पल शाहको निवेदन

    सञ्चार हाउस, पोखरा । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पूर्पक्षका लागि थुनामा रहेका पूर्णविक्रम शाह (पल) ले अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

    पलका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मंगलबार पोखरा उच्च अदालतमा निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतले चैत १० को आदेशले पल शाहलाई पूर्पक्षका लागि जेल चलान गरेको थियो ।

    तनहुँ जिल्ला अदालतले दिएको आदेशको खारेज गरिपाउँ भन्दै निवेदन पलका पक्षबाट निवेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले सञ्चार हाउसलाई जानकारी दिए । तारेखमा छाडेर मुद्दा लड्न पाउने माग गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै