Saturday, January 25, 2025
थप

    रुपन्देहीकी २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा बच्चा

    कार्तिक १०, रुपन्देही । रुपन्देहीकी २४ वर्षीय सीता सार्कीले एकैपटक चौम्याहा बच्चा जन्माएकी छिन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

    कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताएका छन् ।
    उनका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै