Home समाचार मुख्य समाचार सोलुखुम्बु नेचा सल्यानका लोकेन्द्र आर.सी. लाई माओवादी केन्द्रकाे प्रदेश कमिटि सदस्यको जिम्मेवारी

सोलुखुम्बु नेचा सल्यानका लोकेन्द्र आर.सी. लाई माओवादी केन्द्रकाे प्रदेश कमिटि सदस्यको जिम्मेवारी

0
सोलुखुम्बु नेचा सल्यानका लोकेन्द्र आर.सी. लाई माओवादी केन्द्रकाे प्रदेश कमिटि सदस्यको जिम्मेवारी

कार्तिक १०, काठमाडौँ । सोलुखुम्बु नेचा सल्यानका लोकेन्द्र आर. सी. ले माओवादी केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रको कार्तिक ४ गते पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकद्वारा आर.सी. लाई उपत्यका विशेष प्रदेश कमिटीमा पेशागत संगठनको तर्फबाट जिम्मावारी प्रदान गरिएको हो ।

आर.सी.लाई यो जिम्मावारी प्रदान गरिएसंगै सोलुखुम्बुबाटै प्रदेश कमिटी सदस्य संख्या थप भएको हो ।

लामो समयदेखि कर्मचारी पेशागत संगठन मार्फत माओवादी आन्दोलनमा कृयाशिल लोकेन्द्र आर.सी. नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिका महासचिव हुन त्यसै गरी उनले वि. सं. २०५६ सालमा अखिल क्रान्तिकारीको संस्थापक जिल्ला सचिव, सहिद प्रतिष्ठान नेपालको संस्थागत जिल्ला अध्यक्ष, ३ कार्यकाल जिल्ला पार्टीको सदस्य, विभिन्न विभागीय जिम्मेवारी र हाल कुसुम प्रतिष्ठानको अध्यक्षको जिम्मावारी बहन गरिरहेका छन् ।

सोलुखुम्बुमा माओवादी जनयुद्वका संस्थापक एवं बहुचर्चित नेता कुसुम क्षेत्रीका भाई समेत रहेका आर.सी. सोलुखुम्बु, ओखलढुंगा र खोटाङको माओवादी संगठनमा राम्रो पकड र प्रभाव पार्न सक्ने नेताका रुपमा लिइन्छ ।

सोलुखुम्बुबाट आर.सी. विशेष प्रदेश कमिटी सदस्य भएसंगै गोम्बु शेर्पा कर्ज्याङ, सागर किराती, करुणा बस्नेत र ध्रुब पराजुली सहित प्रदेश कमिटी सदस्यको संख्या ५ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here