Tuesday, February 11, 2025
थप

    विप्लव कर्मचारी संगठनमा पहिरोः माओवादी केन्द्र निकट कर्मचारी संगठनमा समाहित (विज्ञप्तिसहित)

    असोज ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट राष्ट्रिय कर्मचारी महासंघको कोषाध्यक्ष एवं विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष हरिहर बस्नेतसहित अधिकांश सदस्य र पदाधिकारी माओवादी केन्द्रको कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनमा समाहित भएका छन् ।

    बस्नेतले विज्ञप्ति जारी गर्दै अधिकांश सदस्य र पदाधिकारीसहित नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनमा एकताको भाव अनुसार सम्मिलित (एकाकार) भएको घोषणा गरेका छन् ।

    विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारी र महासचिव लोकेन्द्र आर.सी.ले उनलाई स्वागत मन्तव्य दिँदै सबै कर्मचारी साथीहरुलाई संगठनमा उपयुक्त जिम्मेवारी प्रदान गरिने अध्यक्ष तिवारीले बताएका छन् ।

    उक्त अवसरमा बस्नेतले समाजवादी क्रान्ति पुरा गर्न सबै मार्क्सवादीहरु एकठाउँ जुट्नुको विकल्प नरहेको भन्दै आफूहरु मूलघरमा फर्केको र बाँकी रहेका साथीहरुलाई पनि आउन आह्वान गरेका छन् ।

    विज्ञप्ति

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै